पुर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन नदिने निर्णय, तीन नेताको अहसमती

न्युजलय ८ साउन २०८२, बुधबार ०८:३५ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता कायम नराख्ने निर्णय गरेको छ । यस निर्णयसँगै उनी राजनीतिमा फर्कने बाटो बन्द हुने भएको हो । 


बुधबारको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव पार्टी बैठकमा गरेका थिए । सो प्रस्ताव पारित भएको हो । अध्यक्ष ओलीले भण्डारीलाई राजनीतिमा नफर्कन पार्टीले आग्रह गर्ने निर्णय सुनाएका थिए । 


‘पूर्व राष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको सिम्वोल, देशको अभिभावक हो’, बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन । यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई  एमालेमा आउन नदिने निर्णयमा सुरेन्द्र पाण्डे, युवाराज ज्ञवाली र कर्ण थापाले असहमति व्यक्त गरेका छन् ।