बढ्यो सुन चाँदीको मूल्य

न्युजलय २६ माघ २०७८, बुधबार ०४:५७ मा प्रकाशित

काठमाण्डौ । बुधबार(आज) सुनचाँदीको मूल्य बढेको  छ । मंगलबार तोलामा ५०० रुपैयाँले बढ्दै ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ३०० रुपैयाँले बढ्दै ९३ हजार ४०० रुपैयाँ पुगेको हो । 

आज तेजाबी सनको मूल्य पनि तोलामा ३०० रुपैयाँले बढ्दै ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य समेत आज तोलामा अधिकतम २० रुपैयाँले बढ्दै एक हजार २८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।