काठमाडौं । नयाँ वर्षको कारोबारको पहिलो दिन आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि भएको छ ।
आज नेप्से परिसूचक २६ दशमलव ५५ अङ्कले बढेर २६८८ दशमलव ६३ को विन्दुमा पुगेको छ ।
मङ्गलवार ३२० कम्पनीका ६९ हजार ३६४ पटकको कारोबारमा २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर खरिद बिक्री भएको छ ।
जसमा कारोबार रकम ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ रहेको छ ।