शेयर बजार २० दशमलव ४१ अङ्कले घट्यो

न्युजलय ७ कार्तिक २०८१, बुधबार १०:०४ मा प्रकाशित

 काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज फेरी घटेको छ । आइतवार र सोमवार उच्च अङ्कले घटेर हिजो २५ दशमलव ८८ अङ्कले बढेको नेप्से आज २० दशमलव ४१ अङ्कले घटेर दुई हजार ६ सय ४५ दशमलव ३९ अङ्कमा झरेको छ । 

आज फाइनान्स र व्यापारबाहेक सबै समूह घटेको छ । नेप्से घटेको दिन आज कारोबार रकम भने बढेको छ । हिजो चार अर्ब १७ करोड रुपैयाँमा कारोबार भएकोमा आज तीन सय २४ वटा कम्पनीको एक करोड ५७ लाख कित्ता शेयर ६ अर्ब २७ करोड रुपैयाँमा कारोबार भएको छ ।