बाल सुधार गृहमा भएको झडपमा दर्जनभन्दा बढी घाइते

न्युजलय २७ भदौ २०८०, बुधबार ०६:५६ मा प्रकाशित

पर्सा । वीरगन्जस्थित बाल सुधार गृहमा भएको झडपमा परेर एक दर्जनभन्दा बढी घाइते भएका छन् । 

सुधार गृहभित्रमा रहेका बालबालिकाहरूबीच विवाद हुँदा झडप भएको हो । यसक्रममा घाइते भएकाहरूलाई प्रहरीले उद्धार गरी उपचारका लागि नारायणी अस्पताल पुर्याएको छ । 

त्यसअघि सुधार गृहभित्र रहेकाहरूले प्रहरीमाथि लगातार ढुंगा प्रहार गरेका थिए ।