चाँदीका गहनासहित विराटनगरबाट एक जना पक्राउ

न्युजलय १३ कार्तिक २०७८, शनिवार ०१:३१ मा प्रकाशित

 विराटनगर । विराटनगरबाट चाँदीका गहनासहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  

दुई किलोग्राम चाँदीबाट बनाइएका औँठी, विभिन्न देवीदेवताका आकृति र सिक्काजस्तो देखिने वस्तुसहित विराटनगर –१५ का ४५ वर्षीय बलराम सिंह पक्राउ परेका हुन् । 

सशस्त्र प्रहरी बल मोरङका अनुसार सिंहलाई विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट नियन्त्रणमा लिइएको हो। 

चाँदीबाट बनेका वस्तुलाई बेल्टले शरीरमा बाँधेर ल्याउँदै गर्दा उनलाई पक्राउ गरेर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको बताइएको छ ।