काठमाण्डौ । नेप्से परिसूचकमा मंगलबार(आज) गिरावट आएको छ ।
मंगलबार(आज) नेप्से परिसूचक ३७.१८ अंकले घटेर २ हजार ५०८.९१ बिन्दुमा झरेको छ । आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.८५ अंकले घटेर ४७४.१३ बिन्दुमा झरेको छ ।
आज कारोबारमा आएका २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँको शेयर कारोबार भएको छ ।
आज बजारसँगै कारोबार रकम समेत घटेको छ । सोमबार ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आजको कारोबारमा नेप्सेका १३ उपसमूहमध्ये व्यापार र म्युचुअल फण्ड बाहेक सबै उपसमूह घटेको देखिएको छ ।