परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान

न्युजलय २२ जेठ २०८३, शुक्रबार ०२:०० मा प्रकाशित

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा खनाल शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

भारत भ्रमणका क्रममा खनालले भारतीय समकक्षी डा.एस जयशंकरसँग भेटवार्ता गर्नेछन्। परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौँ फर्कने भ्रमण तालिका रहेको छ।