म‌ चरी..

न्युजलय ५ फाल्गुण २०८०, शनिवार ११:४३ मा प्रकाशित

म‌ चरी पढ्छु मरीमरी,

अनि झस्कन् छु घरीघरी

कि म को हुँ

म पुस्तकका अक्षर अनि भारी शब्दले पुरीएको,

म झोलाका बढेमानका भुढी अनि फुलेका छातीले थिचिएको,

म परिवारको आशा अनि विध्यालयको नाफाका लागि थुनिएको,

काहि म पिन्जडा भित्रको चरी त हैन्...

नविन चौलागाईँ