२०७८ साल माघ ६ गते बिहिबार

२०७८ पौष २७ गते मंगलबारको राशिफल

न्युजलय २७ पुस २०७८, मङ्गलबार ०७:०१ मा प्रकाशित
मेष । आज शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
 
वृष । आज कष्टकर यात्रा गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मुद्दा मामिला पनि आइलाग्नसक्छ ।
 
मिथुन । आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढेर जानेछ । शेयर बजारमा लाभ मिल्नेछ ।
 
कर्कट । कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग पनि मिल्नेछ ।
 
सिंह । आज राज्यबाट मान सम्मान पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
 
कन्या । आज मन खिन्न हुने स्थिति आउनसक्छ । बन्न लागेको काम अन्तिममा बिग्रिने र झमेला आउन सक्छ । खर्चिलो यात्रा पनि रहन सक्छ ।
 
तुला । आज धार्मिक तीर्थस्थलको यात्रा हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । अवलोकन र भ्रमणको योग पनि छ ।
 
वृश्चिक । आत्मिक सन्तुष्टि मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग पनि मिल्नेछ ।
 
धनु । आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको साथ र सहयोग पाइनेछ । धार्मिक यात्राको योग पनि छ ।
 
मकर । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुने देखिन्छ ।
 
कुम्भ । आज नयाँ कार्यको योजना बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।
 
मीन । सभा समारोहमा सरिक भइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्न सक्छ । शुभ समाचार पनि सुन्न पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।