प्रदेश १ मा आज थप ८३ जनामा कोरोना पुष्टि, ९९ जना निको भए

न्युजलय ५ कार्तिक २०७८, शुक्रबार ०१:२१ मा प्रकाशित

इटहरी । प्रदेश १ मा आज थप ८३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


४३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र ९८ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २८, सुनसरीमा ११, उदयपुर र पाँचथरमा १–१ जनामा सङ्क्रमण देखिएको हो ।


झापाको मेचीनगरमा ८, भद्रपुरमा ६, कनकाईमा ५, दमकमा ४, बुद्धशान्तिमा ३, शिवसताक्षी, बिर्तामोड र अर्जुनधारामा २-२, कमल गाउँपालिकामा १, मोरङको विराटनगरमा २३, सुन्दरहरैचामा ५, सुनसरीको इटहरीमा ८, धरानमा ३, उदयपुरको त्रियुगा र पाँचथरको फिदिममा १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा आज ९९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३५ महिला र ६४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।