काठमाडौं । गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ‘हिरो’ बजारमा ल्याएका छन् ।
सार्वजनिक गीतमा गायक यश कुमारको नै शब्द, संगीत र स्वर सुन्न सकिन्छ । यो गीतको भिडियोमा अभिनेत्री गरिमा शर्मा, दिपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय रहेको छ । साथै, गीतको भिडियोमा गायक यश कुमार पनि अतिथि भुमिका देखिएका छन् ।
यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् ।
गीतमा हरि हुँमागाईको छायांकन, बिकास धमलाको सम्पादन रहेको छ ।