काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक परेको छ ।
पूर्वमन्त्री पण्डितकी धर्मपत्नी विमला महतको ६० वर्षको उमेरमा निधन भएको हो । बुधबार राति १२ः४५ बजे पत्नी विमलाको निधन भएको सामाजिक सञ्जाल फेसबुकमार्फत पण्डितले जानकारी दिएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि विमलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।