काठमाण्डौ । भारतको दिल्लीमा घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको हत्या भएको छ ।
हत्या गरिएका महिलामा मिरिककी ३५ वर्षीया मिना राई र दार्जिलिङको मगरजोङकी ४० वर्षीया सुजला गुरुङ छन् ।
दिल्लीस्थित निजामुद्दिन थाना अन्तर्गत के ब्लक जङ्गिपुरा एक्सटेन्सनको एक घरमा उनीहरुको शव फेला परेको हो ।
उनीहरु त्यही घरमा कार्यरत थिए । उनीहरुको मुखमा टेप लगाइएको र हात–खुट्टा बाँधिएका कारण उनीहरुको हत्या भएको प्रहरीको दाबी छ ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले सुजला गुरूङको फोन रेकर्ड फेला पारेको छ । मिना राईको मोबाइल भने फेला परेको छैन् ।
एम्स अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई शव हस्तान्तरण गरिएको र उनीहरुको मंगलबार अन्त्येष्टि गरिएको छ ।