घट्यो शेयर बजार

न्युजलय १२ माघ २०७८, बुधबार ०९:०८ मा प्रकाशित

 काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज (बुधवार) पनि घटेको छ । गएको आइतवारदेखि लगातार घटिरहेको नेप्से आज ३८ दशमलव ४५ अङ्कले घटेर दुई हजार सात सय ७६ दशमलव ६१ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । जीवन बीमा समूहको शेयर दुई सय ९८, निर्जीवन बीमा समूहको शेयर एक सय ४६, विकास बैंक समूहको शेयर ८४ र माइक्रोफाइनान्स समूहको शेयर ६३ अङ्कले घटेको छ । 

आज ९३ लाख ५८ हजार कित्ता शेयर चार अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरी अपी पावर कम्पनीको १६ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।