२०७८ फाल्गुण ०९ गते सोमबारको राशिफल

न्युजलय ९ फाल्गुण २०७८, सोमबार ०७:१० मा प्रकाशित

मेष । आज नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पारिवारिक वातावरण पनि सुमधुर रहनेछ ।

  

वृष । आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

 

मिथुन । आज शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

 

कर्कट । आज नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ ।

 

सिंह । आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । पुनर्मिलनको योग रहेको छ । सफल यात्रा पनि हुनेछ ।

 

कन्या । आज जोशजाँगर बढ्नेछ । भौतिक साधन जुटाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ, तर सौन्दर्यतामा धन खर्च पनि हुन सक्छ ।

 

तुला । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

 

वृश्चिक । आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ, तर सरकारी निकायबाट सहयोग मिल्नेछ । साँझमा रमाइलो यात्रा पनि हुन सक्छ ।

 

धनु । आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग पनि मिल्नेछ ।

 

मकर । नयाँ कार्यको योजना बन्नेछ । कुनै कुराले शान्ति छाउनेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ ।

 

कुम्भ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पनि पूरा होला ।


मीन । आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ, तर आर्थिक अवस्था भने ठिकै रहनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।