बागलुङमा दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित तीन जनाको मृत्यु

न्युजलय २८ भदौ २०८१, शुक्रबार ०५:३७ मा प्रकाशित

बागलुङ । बागलुङको गलकोटमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । रा १ झ २०० नम्बरको जिप शुक्रबार बिहान गलकोट नगरपालिका–२ भुङखानीमा दुर्घटना भएको थियो ।

बागलुङ प्रहरीले दुर्घटानमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष बुढाको मृत्यु भएको बताए । दुर्घटानमा दुई महिला र एक पुरुषको मृत्यु भएको थियो । मृतक दुई जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ ।

१० दिनअघि काठमाडौँ आएकी बुढा जिल्ला फर्कने क्रममा दुर्घटनामा परेको गाउँपालिका अध्यक्ष पुनीराम घर्तीले बताए ।