९ अङ्कले घट्यो सेयर बजार

न्युजलय ११ कार्तिक २०८१, आइतबार ०३:२६ मा प्रकाशित

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) ९.१९ अङ्कले घटेको छ । सामान्य अङ्कले बजार घट्दा परिसूचक २६१८ बिन्दुमा झरेको छ । 

आज १४१ कम्पनीको मूल्य घटेको छ । ९१ कम्पनीको घट्दा ११ कम्पनीको मूल्य स्थिर रह्यो । आइतबार कुल १ करोड ११ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । 

समग्र परिसूचक घटे पनि आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर लिमिटेड र माइखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।