देशभर आज थप १०४ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

न्युजलय ४ बैशाख २०८०, सोमबार ०६:५५ मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एक जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार १ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय संक्रमितको संख्या ३७९ पुगेका छन् । पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन् ।