देशभरको मौसममा सुधार

न्युजलय ११ भदौ २०८०, सोमबार ०७:३८ मा प्रकाशित

काठमाण्डौ । देशभरको मौसममा सुधार भएको छ ।

भदौ पहिलो हप्तादेखि देशका धेरै ठाउँमा परेको झरी कम भएसँगै हिजोदेखि नै मौसममा सुधार हुन थालेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पर्सिसम्म ठूलो पानी पर्ने सम्भावना छैन ।महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्ने गर्छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार मौसममा सुधार भएसँगै अब बिस्तारै तापक्रम बढ्नेछ ।

कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एकदुई ठाउँमा हावाहुरीको सम्भावना छ । आज देशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।