काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरिएको छ । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि रास्वपाका कार्यकर्ताको भिड केन्द्रीय कार्यालयमा लाग्न थालेको छ । उनीहरुसँगै प्रहरीको पनि बाक्लो उपस्थिती कार्यालयमा भएको छ ।
रास्वपाले कार्यकर्ता उपस्थित हुन आग्रह गरेपछि उनीहरू पुगेका हुन् ।
जिल्ला अदालत पोखराले सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी गरेको हो । गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि प्रहरीले काठमाडौंको शंखमूलबाट पक्राउ गरिसकेको छ ।
लामिछाने पत्नि निकिता पार्टी कार्यालयमा लामिछानेसँग एक घण्टा बसेर निस्किएकी छिन् । लामिछानेलाई पक्राउ गर्ने प्रहरी टोली परिचालित भइसकेको छ ।