देउवा दम्पती डिस्चार्ज हुँदै

न्युजलय ८ असोज २०८२, बुधबार ०८:३६ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा देउवा बुधबार डिस्चार्ज भएर ललितपुर जाने भएका छन् ।

गत भदौ २४ गते जेन–जी आन्दोलनकारी समूहले बूढानीलकण्ठस्थित निवासमै कुटपिट र धारिलो हतियारले आक्रमण गर्दा दुवैजना घाइते भएका थिए ।

देउवा दम्पतीलाई भदौ २४ गते नेपाली सेनाले उद्धार गरेर सैनिक अस्पतालमा भर्ना गरेको थियो । जेन–जी प्रदर्शनकारीले देउवाको गर्धनमा धारिलो हतियारले प्रहार गर्दा १२ टाँका लगाउनुपरेको थियो ।

दुवैजनाको स्वास्थ्यमा सुधार भएकाले उपचारमा संलग्न चिकित्सकको सल्लाहअनुसार डिस्चार्ज भएर ललितपुर लान लगिएको हो ।

जेन–जी आन्दोलनका क्रममा देउवा निवास बूढानीलकण्ठ जलाएर ध्वस्त बनाइएको छ ।