३९‍‍.१३ अंकले बढ्यो नेप्से

न्युजलय १२ चैत २०८१, बुधबार ०४:२३ मा प्रकाशित

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ३९‍‍.१३ अंकले बढेको छ । एक दशमलव ५१ प्रतिशतले बढेर २६२१।८६ विन्दुमा उक्लिएको छ । मंगलबार नेप्से ५८‍.०५ अंकले घटेको थियो ।

आज २३१ कम्पनीको सेयर मूल्य बढ्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ४८ हजार ७८५ पटकको सेयर किनबेचबाट ४ अर्ब २० करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार ५ अर्ब १८ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।