साढे ५ अंकले बढ्यो नेप्से

न्युजलय २७ बैशाख २०८१, बिहिबार ०९:०८ मा प्रकाशित

काठमाडौँ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.६३  अंकले बढेर १ हजार ९ सय ६६.२३ अंकमा उक्लेको छ । 

अघिल्लो दिनको तुलनामा यो ०.२८ प्रतिशतले बढी हो ।

बिहीबार कारोबारमा आएकामध्ये १ सय १५ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय १५ वटाको घट्यो र बाँकी १४ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।

नेप्से परिसूचक सामान्य अंकले बढेपनि बिहीबार कारोबार रकम पनि बढेको छ । उक्त दिन ४९ हजार ३ सय ३२ पटकको कारोबारबाट ७० लाख ५८ हजार ३ सय ९९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ३ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढी हो ।