विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
४४१ जनाको पीसीआर परीक्षण गर्दा ४६ र ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १२, झापामा २०, मोरङमा १३ र सङ्खुवासभामा १ जनामा सङ्क्रमण देखिएको हो ।
सुनसरीको इटहरीमा ८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा आज ८५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिला र एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।