काठमाडौं । पेरूमा ट्रकसँग ठोक्किएर यात्रुबाहक बस खोँचमा खस्दा ३७ जनाको मृत्यु भएको छ । बसमा ६० जना यात्रु सवार थिए ।
पेरूलाई चिलीसँग जोड्ने पान–अमेरिकन राजमार्गमा बुधबार बिहान ट्रकसँग ठोक्किएर बस खोँचमा खसेर दुर्घटना भएको हो ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बस मोडमा पिकअप ट्रकसँग ठोक्किएको थियो र त्यसपछि ओकोना नदीतिरको खाल्डोमा खसेको थियो ।
रिपोर्टका अनुसार दुर्घटनामा दुवै चालक भने बाँच्न सफल भएका छन् ।