सेयर बजारमा उच्च गिरावट

न्युजलय २३ मङ्सिर २०८१, आइतबार ०३:३३ मा प्रकाशित

काठमाडौँ । नेप्से ४५.९३ अकंले घटेर २६८९ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको एक करोड ७३ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोडको कारोबार भएको छ ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै समूह राताम्मे भएका छन्। सर्वाधिक गिरावट जीवन बीमा समूहमा देखिएको छ। यो समूह ३।०७ प्रतिशतले घटेको छ।

आज बजारमा २७ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ भने २१४ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ। यो दिन ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।