काठमाडौँ । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाउँने रोशनी शाही मृत फेला परेकी छन् । उनी आइतबार भक्तपुरस्थित आफ्नै डेरामा मृत फेला परेकी हुन् ।
उनका श्रीमान विराटनगरमा रहेकाले आउने क्रममा रहेको बताइएको छ ।
संसद सचिवालयमा कार्यरत रोशनीले २०७६ असोजमा तत्कालीन सभामुख महरामाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् । महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो ।
आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो । उनी पक्राउ परेका थिए । तर अदालती बयानका क्रममा पीडितले बयान फेरेपछि फागुनमा जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई सफाइ दिएको थियो ।