नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

न्युजलय १४ फाल्गुण २०८०, सोमबार ०९:२४ मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार १३.२८ अंकले बढेको सेयर बजार १९९२.३० विन्दुमा पुगेर बन्द भएको छ । 

आज ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँको कारोबार भएको छ । 

१६७ कम्पनीको सेयर मूल्य बढ्दा ७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको स्थिर छ ।