माधवकुमार नेपालद्वारा चतराधाममा सप्ताह पुराण उद्घाटन

न्युजलय २६ कार्तिक २०७८, शुक्रबार १२:५० मा प्रकाशित

इटहरी । नेकपा एकीकृत (समाजवादी) पार्टीका संघीय अध्यक्ष माधवकुमार नेपालले बराहक्षेत्रस्थित चतराधाममा आयोजित राष्ट्रिय शान्ति धनधान्याञ्चल श्रीमद् भागवत सप्ताह पुराणको उद्घाटन गरेका छन् ।

अध्यक्ष नेपालले बालसन्त पीठ चतराधामद्वारा आयोजित पुराणको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहका प्रमुख अतिथिसमेत रहेका अध्यक्ष नेपाललाई समारोहकै अवसरमा पीठले सम्मानसमेत गरेको छ । 

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको उपस्थिति रहेको थियो । सप्ताह पुराण सात दिनसम्म चल्ने आयोजकले जनाएको छ ।