इटहरी । थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरीको प्रस्तुतिमा ‘होली के उमङ्ग’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । रामधुनी नगरपालिकाका नगर प्रमुख शङ्करलाल चौधरीले रिबन काटी गीत सार्वजनिक गरेका हुन् ।
अन्जली चौधरीको शब्द, संगीत तथा स्वर रहेको गीतमा देवकुमार विश्वासको समेत स्वर रहेको छ । गीतमा थारु महानायक प्रशुराम चौधरी, जानकी चौधरी, विनोद चौधरी, पन्नालाल सिकदार, ललिता चौधरीलगायतको बेजोड प्रस्तुती रहेको छ । छायाँकन रविन चौधरीले गरेका हुन् भने कोरियोग्राफि आशिष चौधरीको रहेको छ । गितको एरेन्ज सुरज श्रेष्ठले गरेका हुन् ।
थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरीले थारुहरुको लोपोन्मुख झन्डै एक दर्जन म्युजिक भिडियो निर्माण गरी सकेको छ ।
कार्यक्रममा ‘करम’ फिल्मका पहिलो नायक परशुराम चौधरीलार्इ दोसल्ला तथा अभिनन्दन पत्रबाट सम्मान गरिएको थियो । रामधुनी नगरपालिका वडा नं. ५ मा जन्मिएका उनले दर्जनौ फिल्ममा निर्माता तथा निर्देशकको भुमिका निर्वाह गरिसकेको र दर्जनौं चलचित्रहरुमा प्राविधिकको भूमिका निर्वाह गरीसकेकोले थारु चलचित्रका अगुवाको रुपमा सम्मान गरेको थारु चलचित्र तथा सास्कृतिक संघका महासचिव प्रदीप जस्मैतले जानकारी दिए ।