बढ्यो सुनको मूल्य

न्युजलय १२ मङ्सिर २०७८, आइतबार ०६:१८ मा प्रकाशित

काठमाडौँ । सुनको मूल्य फेरि उकालो लागेको छ । गत शुक्रबारसम्म घटेर ९१ हजार ९ सय रुपैयाँमा झरेको सुनको मुल्य आइतबार(आज) एकै दिन तोलामा ८ सय रुपैयाँले सुन महँगिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपालमा पनि त्यसको असर परेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार २ सय १० मा कायम भएको छ ।