शेयर बजार दोहोरो अङ्कले बढ्यो

न्युजलय ३१ बैशाख २०८१, सोमबार ०९:१४ मा प्रकाशित

काठमाण्डौ । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ३९ अङ्कले बढेर एक हजार नौ सय ९८ दशमलव ८९ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, होटल, उत्पादन, निर्जीवन र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा, बैंकिङ, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज तीन सय २० वटा कम्पनीका ९५ लाख ४१ हजार कित्ता शेयर तीन अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ ।