काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बुधबार(आज) पनि ३५ अंकमाथिले बढेको छ । आइतबारदेखि लगातार उकालो लागिरहेको नेप्से सूचक चौथो दिनमा थप ३५.३९ अंकले बढ्दै २१४१.८७ अंकमा उक्लिएको हो ।
आज कारोबारमा समेत नयाँ रेकर्ड कायम गर्दै ७ अर्ब ९५ लाख ७५ हजार रुपैयाँ बराबरको १ करोड ९९ लाख ६३ हजार कित्ता सेयर कारोबार भएको छ ।
आज होटल तथा पर्यटन समूह र निर्जीवन बीमा समूह बाहेकका ११ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक ७.१५ प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट समूह र ट्रेडिङ समूहको उपसूचक क्रमशः ६.९२ प्रतिशत र ६.२० प्रतिशतले बढेका छन् ।
आज ११ वटा कम्पनीको सेयर मूल्य ११ प्रतिशतले बढ्दा ६ वटा कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ ।