उद्योगमन्त्री यादवले दिइन् राजीनामा

न्युजलय २५ भदौ २०८३, बिहिबार ०३:०३ मा प्रकाशित

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।

मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै  प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।