आज २३ भाद्र २०८३ मंगलवारको राशिफल

न्युजलय २३ भदौ २०८३, मङ्गलबार ०५:५० मा प्रकाशित

मेष । व्यापार व्यवसायमा अनुभवको फाइदा लिन सकिएला। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

वृष । विवादास्पद मामलाहरू सुल्झिनेछन्। व्यापार व्यवसायमा पिताको साथ र सहयोग मिल्नेछ। शेयर बजारबाट मनग्य लाभ प्राप्त होला। झुटो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

मिथुन । कार्यक्षेत्रमा विरोधीहरू खुट्टा तान्ने प्रयास गर्नेछन्। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। आँटेको कार्यसम्पादन हुनाले मन प्रशन्न रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट । आज आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिनुहोला। कार्यक्षेत्रमा कार्य पूरा गर्न सोचेभन्दा धेरै समय लाग्नेछ। कसैसँग झुठो बाचा नगर्नुहोस। आकस्मिक धनहानिका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

सिंह । संगीत वा कलाको क्षेत्रमा सम्मान बढ्नेछ। आर्थिक पक्ष सबल बन्नुका साथै उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। साझेदारी व्यापारमा नयाँ योजना प्रारम्भ गर्न सक्नुहुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

कन्या । नयाँ योजनाहरू दोहोर्याएर बनाउनुपर्ला। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ। उद्योग व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

तुला । कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। पारिवारिक समस्याको समाधान मिल्नेछ। हतारमा लिएको निर्णयहरू नुक्सानदाई रहलान। प्रशासनिक कार्य गर्दा बाधा उत्पन्न हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक । कार्यक्षेत्रमा सानोतिनो कुरा लम्ब्याउनाले विवाद बढ्न सक्ला। अड्केका कार्य सम्पादन गर्नमा परिवारहरूको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

धनु । नोकरी वा पेशामा इमान्दारिताको परिचय दिनुहोला। नयाँ योजनाहरूमा लगानी लगाउन अवसर मिल्नेछ। सामाजिक जीवनमा मानसम्मान बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मकर । साथीभाईहरूले अलमल्याउँदा कार्य सम्पादन गर्नमा समय लाग्नेछ सावधान रहनुहोला। कार्यक्षेत्रमा आफ्ना कमजोरी ढाक्न कार्य दोहोर्याएर गर्नुपर्ला। वैदेशिक यात्राको लागि सुनौलो अवसर प्राप्त होला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ । कठिन काम बन्नाले मनमा उत्साह जगाउनेछ। धार्मिक र सामाजिक कार्यमा व्यस्त रहनुपर्ला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। पौष्टिक भोजनको सेवन गर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मीन । कार्यक्षेत्रमा मेहनतले गर्दा कठिन लक्ष्य हासिल गर्न सकिनेछ। व्यापार व्यवसायमा अप्ठ्यारा परिस्थितिहरूसंग सम्झौता गर्नुपर्ला। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।


स्रोत हाम्रोपात्रो