घट्यो सेयर बजार

न्युजलय २६ जेठ २०८३, मङ्गलबार ०४:१९ मा प्रकाशित

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक १.५४ अंकले घटेर २७३३ अंकमा कायम भएको छ । बजार घटे पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ ।

मंगलबार ६ अर्ब ४४ करोड रुपैयाँको कारोबार भयो । आज १०५ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको घट्यो।