इजरायलमा आक्रमणमा परी १० जना नेपालीको मृत्यु

न्युजलय २१ असोज २०८०, आइतबार ०८:४९ मा प्रकाशित

काठमाडौँ । प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपालीको मृत्यु भएको छ ।



हालसम्म इजरायलमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ।


आक्रमणमा परी घाइते भएका केहीको अस्पतालमा उपचार भइरहेको छ भने केही अझै सम्पर्कविहीन रहेको बताइएको छ। परराष्ट्र स्रोतका अनुसार मृत्यु भएकाहरुको शव संकलनका लागि पहल भइरहेको छ।


आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले इजरायलमा रहेका नेपालीको वास्तविक अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरेका थिए। संसदमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा केही नेपाली हताहत भएको बताएका थिए।