बढ्यो सुनको मुल्य

न्युजलय ४ माघ २०७८, मङ्गलबार ११:५३ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ । 

आज सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिन यता एक दुई सयले घटबढ भइरहेको सुनको मूल्य आज फेरि एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको हो । 

यस्तै, तेजाबी सुनको मूल्य समेत आज एक सय रुपैयाँले नै बढेर ९२ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।