काठमाडौं । बुधबार(आज) सुनको मूल्य ओरालो लागेको छ ।
मंंगलबार प्रतितोला ९७ हजारमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा ५०० रुपैंयाले घटेर प्रतितोला ९६ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज ९६ हजार कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो प्रतितोला १ हजार ३१५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १ हजार ३२० रुपैंया कायम भएको छ ।