उदयपुरमा नारदमुनि थुलुङ स्मृति गोल्डकप २०८० सुरु

न्युजलय २८ असोज २०८०, आइतबार ०२:३९ मा प्रकाशित

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहा स्थित नवौँ संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप २०८० सुरु भएको छ ।


शनिबार नारदमुनी रंगशालामा चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख कालुमान लामाले नवौँ संस्करणको नारदमुनी थुलुङ स्मृति गोल्डकप उद्घाटन गरेका हुन् ।


बसाहा क्लब उदयपुर  र “एभरेस्ट एफ सी सुनसरी” बीच भएको उद्घाटन खेलमा “एभरेस्ट एफ सी सुनसरी”  बसाहा क्लब उदयपुरसँग २–१ गोल अन्तरले पराजित भएको छ । प्रतियोगिता अन्तर्गत भोलीको खेल न्यु त्रियुगा स्पोर्टिङ क्लब सप्तरी र ब्रीगेड ब्वाइज क्लब झापा बिच हुने भएको छ । 


प्रतियोगितामा प्रथम हुने टिमालाई नगद ४ लाख १ हजार  र दोस्रो हुनेलाई २ लाख १ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने बसाहा क्लबले जनाएको छ ।