एजेन्सी । भारतले पाकिस्तानमाथि जित हात पारेको छ । भारतले एकदिवसीय एसिया कपको सुपर–४ खेलमा पाकिस्तानलाई कीर्तिमानी २२८ रनले पराजित गरेको हो ।
यसअघि सन् २००८ मा मिरपुर मैदानमा भारतले पाकिस्तानलाई १४० रनले पराजित गरेको थियो ।
कोलम्बोको आर प्रेमदासा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा दुई विकेट गुमाएर ३५६ रन बनाएको थियो । जवाफमा पाकिस्तानले ३२ ओभरमा १२८ रन मात्र बनाउन सक्यो ।
टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले फिल्डिङ रोजेका थिए । कोलम्बोको पिचमा बाबरको निर्णय उनको विरुद्धमा गयो । भारतका तर्फबाट रोहित शर्मा र शुभमन गिलले १२१ रनको ओपनिङ पार्टनरसिप गरे ।
३५७ रनको ठूलो लक्ष्य पछ्याउन पुगेको पाकिस्तानले ४७ रनमा मात्रै ३ विकेट गुमाएको थियो । कप्तान बाबर र ओपनरले खास केही गर्न सकेनन् ।
इनिङ्सको १८औं ओभरमा बलिङ गर्न आएका कुलदीप यादवले बाँकी ब्याट्सम्यानलाई आफ्नो जालमा पारे । कुलदीपले मात्र २५ रन दिएर ५ विकेट लिए । पाकिस्तानले १२८ रन मात्र बनाउन सक्यो र खेल २२८ रनको कीर्तिमानी अन्तरले पराजित भयो ।