नेप्से २६.८१ अंकले घट्यो

न्युजलय १३ फाल्गुण २०८०, आइतबार ०९:१२ मा प्रकाशित

काठमाडौं । आइतबार सेयर बजारको परिसूचक नेप्से २ हजार अंकभन्दा तल झरेको छ । 

अघिल्लो दिनको तुलनामा नेप्से २६.८१ अंक घटेर १९७९ अंकमा कायम भएको छ ।

कुल ३ अर्ब ८ करोडको कारोबार भयो । आइतबारको बजारमा पनि हाइड्रोपावर समूह बढी प्रभावित भएको छ । यो समूह २.४२ प्रतिशत घट्यो । फाइनान्स १.४ र उत्पादन ०.८० प्रतिशत बढे । तीबाहेकका सबै समूह घटेका छन् ।