काठमाडौं । राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा एक जना पत्रकारको मृत्यु भएको छ।
तीनकुनेस्थित एक घरमा प्रदर्शनकारी लगाएको आगोमा परी एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजावादीले निजी घरमा लगाएको आगोमा परी रजकको मृत्यु भएको हो । उनी विगत ५ वर्षदेखि क्यामरा पर्सनको रूपमा एभिन्युज टेलिभिजनमा कार्यरत थिए।
रजकले उक्त आगलागी भएको घरको छतमा बसेर प्रदर्शनकारीहरूको भिडियो बनाइरहेका थिए। सोही घरमा प्रदर्शनकारीले आगो लगाएपछि उनी जलेका थिए।
रजक एभिन्युजका लागि उक्त घरबाट दृश्य खिचिरहेका बेला प्रदर्शनकारीले उक्त घरमा आगजनी गरेका थिए। त्यस्तै झडपमा कीर्तिपुरका अर्का एक युवकको पनि मृत्यु भएको छ।
मृत्यु हुनेमा २९ वर्षीय सविन महर्जन रहेको प्रहरीले जानकारी दिएको छ।