पूर्वाञ्चल विश्वविद्यालयलाई एमबीबीएस सञ्चालनको अनुमति

न्युजलय ३१ साउन २०८२, शुक्रबार ०६:१६ मा प्रकाशित

 विराटनगर । स्थापना भएको तीन दशकपछि पूर्वाञ्चल विश्वविद्यालयले गोठगाउँस्थित स्कूल अफ मेडिसिनमा एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति पाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बिहीबारको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमतासहितको एमबीबीएस कार्यक्रम सञ्चालनको स्वीकृति दिएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयका सेनेट सदस्य रञ्जन ओझाले यस दिनलाई ‘हाम्रो परिकल्पना साकार भएको शुभ दिन’ भनेका छन् । 

उनले प्रधानमन्त्री केपी शर्मा ओली, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, विश्वविद्यालयका भिजनरी उपकुलपति प्रा।डा। बिजु कुमार थपलिया, सांसद डा. शेखर कोइराला र डा. सुनिल शर्मा, विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, चिकित्सक, कर्मचारी, स्थानीय राजनीतिक दल र सरोकार समाज सबैप्रति हार्दिक आभार प्रकट गरेका छन् ।