बढ्यो सेयर बजार

न्युजलय २० साउन २०८२, सोमबार १०:२६ मा प्रकाशित

काठमाडौं । सोमबार सेयर बजार परिसूचक (नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से सोमबार १६.४६ अंकले बढेको हो । सोमबारको वृद्धिसँगै नेप्से २८७५.३५ को बिन्दुमा उक्लिएको छ ।

यद्यपि, परिसूचकमा वृद्धि भएपनि कारोबार रकममा भने उच्च गिरावट आएको छ । सोमबार कारोबार रकम १० अर्ब ८२ करोडमै सीमित भएको छ । जुन कारोबार रकम केही सातायताकै निकै कम हो ।