२०७८ साल माघ ६ गते बिहिबार

आईपीओ जारी गर्दै तीन ठूला होटल

न्युजलय २८ पुस २०७८, बुधबार १०:५७ मा प्रकाशित

काठमाण्डौ । सर्वसाधारणबाट पुँजी संकलन गर्न होटल पनि सेयर बजारमा आकर्षित हुन थालेका छन् ।

हालसम्म ६ वटा होटलमात्र सर्वसाधारणलाई सेयर बिक्री गरी नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएकोमा अब थप तीन होटलले पनि साधारण प्राथमिक सेयर (आईपीओ)जारी गर्ने प्रक्रिया अघि बढाएका छन् ।

पाँचतारे होटल काठमाडौं मेरियटले प्राइभेटबाट पब्लिक कम्पनीमा जाने निर्णय गरिसकेको छ भने होटल फेयर फिल्ड मेरियट होटल र अलफ्ट होटलले पनि पब्लिक कम्पनीमा गएर सर्वसाधारणको लागि सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएका छन् । 

यी तीन कम्पनीको सेयर जारी भएसँगै नेप्सेमा सूचीकृत पर्यटन तथा होटल समूहका कम्पनीको संख्या आधा दर्जनभन्दा बढी हुने ।

पाँचतारे होटल काठमाडौं मेरियटको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ भने तीन तारे होटल फेयर फिल्डको चुक्ता पुँजी ६० करोड रुपैयाँ छ । हालसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका होटलको संख्या ६ छ ।