काठमाडौं । बिहीबार(आज) नेप्से परिसूचक २०.७६ अंकले घटेर बन्द भएको छ । नेप्से १.०२ प्रतिशतले घटेर २००५.८३ विन्दुमा बन्द भएको हो । आज तीन अर्ब २० करोड ६१ लाख रुपैयाँको धितोपत्र खरिद–बिक्री भएको छ ।
कारोबारमा आएका मध्ये ४९ कम्पनीको सेयर मूल्य बढेको छ । १९७ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ । सेयर मूल्य स्थिर हुनेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र सिद्धार्थ बैंक लिमिटेड छन् ।
१३ मध्ये उत्पादन तथा प्रशोधन र फाइनान्स समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्सको ०।३३ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक १।१४ प्रतिशतले बढेको छ ।
सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह छ । यो समूहको परिसूचक १.९० प्रतिशतले घटेको छ ।