इटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

न्युजलय १५ कार्तिक २०७८, सोमबार ०७:०१ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिका–१२ स्थित शिव शक्ति हार्डवेयरमा काम गर्ने करिब २५ वर्षीय बलराम चौधरीको करेन्ट लागेर मृत्यु भएको छ। 


उक्त हार्डवेयरमा काम गर्ने क्रममा ड्रिल मेसिनबाट करेन्ट लागेर अशक्त भएका उनको धरान घोपामा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। 


घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।