२०७८ साल मङ्सिर १३ गते सोमबार

घट्यो सुनको मूल्य

न्युजलय ७ मङ्सिर २०७८, मङ्गलबार ११:२१ मा प्रकाशित

काठमाडौं । मंगलवार(आज) सुनको मूल्यमा १६ सय रुपैयाँले गिरावट आएको छ ।

आज छापावाल सुन प्रति तोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।